दफा २३
लेखापरीक्षण समिति
(१) समितिले आफूप्रति उत्तरदायी हुने गरी देहाय बमोजिमको एक लेखापरीक्षण समिति गठन गर्नेछ:-

(क) समितिले तोकेको एक जना सञ्चालक - संयोजक (ख) समितिले तोकेको सम्बन्धित विषयको विज्ञ एक जना - सदस्य । (२) प्राधिकरणको आन्तरिक लेखापरीक्षण हेर्ने विभागीय प्रमुखले लेखापरीक्षण समितिको सचिवको रुपमा कार्य गर्नेछ। (३) उपदफा (१) बमोजिमको लेखापरीक्षण समितिको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।